मंगलबार, भदौ २, २०८३

सीमासम्बन्धी संकल्प प्रस्ताव पारित

भारतसँगको सीमा विवादबारेको संकल्प प्रस्ताव बिहीबार राष्ट्रिय सभामा पारित भएको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६


काठमाडौं– भारतसँगको सीमा विवादबारेको संकल्प प्रस्ताव बिहीबार राष्ट्रिय सभामा पारित भएको छ।

बैठकले सीमा विवादबारेको संकल्प प्रस्ताव पारित गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीमा देखिएको सीमा विवाद समाधान गर्न सरकारलाई निर्देशन दिएको हो।

सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईको प्रस्ताव र प्रमुख प्रतिपक्षी कांग्रेससचेतक सरिता प्रसाईको समर्थनमा दर्ता भएको संकल्प प्रस्ताव छलफलपछि पारित भएको हो।

छलफलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०२० भित्रै भारतसँगको सीमा विवाद सुल्झिने बताए।

उनले सीमा विवाद समाधानका लागि नेपाल सरकारले भारतलाई दुईपटक पत्र पठाइसकेको जानकारी दिए । उनले सरकार भारतसँग वार्ताको प्रतीक्षामा रहेको बताए।

मन्त्री ज्ञवालीले भारतले सीमाबारे झिकेको विवाद निरर्थक भएको टिप्पणी गरे। छलफलमा कांग्रेस सांसद राधेश्याम अधिकारीले दुई देशबीचको सीमा विवादले अरु सम्बन्धमा असर पार्न नहुने बताएका थिए।

प्रकाशित: Jan 02, 2020| 10:37 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।