मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल प्रहरीका सईसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल प्रहरीका सईसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुससहित पक्राउ परेका नेपाल प्रहरीका नायव निरीक्षक र नक्कली शैक्षिक प्रमाण पत्रलबाट जागिर खाने शिक्षकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं- घुससहित पक्राउ परेका नेपाल प्रहरीका नायव निरीक्षक र नक्कली शैक्षिक प्रमाण पत्रलबाट जागिर खाने शिक्षकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीमा कार्यरत सई राजेशकुमार सिंह, प्रहरी जवान मनोजकुमार यादव र सिन्धुलीको सुनडाँडा प्राथमिक विद्यालय भद्रकालीमा कार्यरत शिक्षक ज्ञानु रायमाझीविरुद्ध अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो।

सई र प्रहरी जवान भारतीय सीमा नाकाबाट नेपालतर्फ घरायसी सामान भित्र्याउने काममा सहज गराई दिने भन्दै सेवाग्राहीबाट लिएको ५० हजार घुससहित पक्राउ परेका थिए।

उनीहरुले सामान ओसारपसार गरेबापत मागेजति रकम नदिएमा लागूऔषध मुद्दा चलाउने भनी धाकधम्की र कुटपिटसमेत गरेको अनुसन्धानका क्रममा खुलेको अख्तिारले जनाएको छ।

यस्तै शिक्षक रायमाझीले विहार विद्यालय परीक्षा समिति पटनाबाट जारी गरिएको हाइस्कुल तहको झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०५४/०५/१४ मा प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा अस्थायी नियुक्ति लिएको खुलेको अख्तियारले जनाएको छ।

यस्तै उनले २०६३/०४/३० मा प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा स्थायी नियुक्ति भई सरकारी लाभ सुविधा लिएको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको अयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित: Jan 02, 2020| 11:09 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।