मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘निजी मामिलामा स्वतन्त्रताको राग अलाप्‍नेलाई केही गर्न सकिँदैन’

‘निजी मामिलामा स्वतन्त्रताको राग अलाप्‍नेलाई केही गर्न सकिँदैन’

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्। उनले भने, ‘विधेयकबारे चलाइएको हल्ला सत्य होइन । सामाजिक सञ्जाल चलाउने प्रत्येक व्यक्तिले दर्ता गर्नुपर्ने नभई सामाजिक सञ्जाल सञ्चालकले नेपालमा दर्ता हुनुपर्ने व्यवस्था गर्न लागिएको हो ।’

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले जसरी पनि विधेयक पास गर्ने बताउँदै भने, ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । भ्रम फैलाउनेहरु फैलाउँदै गरुन्, हामी त्यसलाई बेवास्ता गर्छौं । नियतसँग लड्न सकिदैन। भ्रम हावा भरिएको बेलुनजस्तै हो ।’

उनले सूचना प्रविधि विधेयकको दफा ८८ मा कस्तो अवस्थामा कारबाही हुने भन्ने विषयमा खुलस्त पारिएको स्पष्ट पार्दै भने, ‘राजनीतिमा विरोध गर्न पाइन्छ तर तथ्यपरक विरोध हुनुपर्छ। निजी मामिलामा दख्खल दिएर जे पायो त्यो सामाजिक सञ्जालमा लेख्नेलाई कारबाही हुनुपर्छ । निजी मामिलामा स्वतन्त्रताको राग अलाप्नेलाई केही गर्न सकिँदैन।’

प्रकाशित: Jan 02, 2020| 11:08 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।