आइतबार, चैत १, २०८२

डढेलोका कारण अस्ट्रेलियामा संकटकाल घोषणा

अस्ट्रेलियामा लामो समयदेखि जारी डढेलो नियन्त्रणका लागि सरकारले संकटकालको घोषणा गरेको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं- अस्ट्रेलियामा लामो समयदेखि जारी डढेलो नियन्त्रणका लागि सरकारले संकटकालको घोषणा गरेको छ।

National life

अस्ट्रेलियाको न्यु साउथ वेल्समा एक हप्ताको लागि संकटकाल घोषणा गरिएको हो।

त्यहाँ बढ्दो तापक्रम, तिब्र गतिको हावा आगामी एक हप्ता झनै बढ्दो क्रममा पुग्ने र डढेलोले अझै भयानक स्वरुप धारणा गर्ने मौसम पूर्वानुमानपछि संकटकालको घोषणा गरिएको हो।

भिक्टोरियामा केही दिनदेखि समुद्री तटमा गएर ज्यान जोगाइरहेका करिब४ हजार मानिसको उद्धारका लागिसमेत सेना परिचालन गर्न लागिएको छ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरियामा सेप्टेम्बर महिनादेखि जारी डढेलोका कारण हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको छ। त्यस्तै १२ सयभन्दा बढी घर जलेर ध्वस्त भएका छन्।

Laxmi sunrise bank
kumari

डढेलोका कारण कम्तीमा १७ जना मानिस बेपत्ता छन्।

त्यहाँ डढेलोका कारण हजारौं मानिस विस्थापित भएका छन्। पर्यटकीय क्षेत्रहरु डढेलोले तहसनहस भएका छन्।

अस्ट्रेलियामा बढ्दो तापक्रमले जनजीवन प्रभावित भइरहेका बेला लगातारको डढेलोले त्यहाँको आकाश धुँवामय भएको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: Jan 02, 2020| 11:04 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।