मंगलबार, भदौ २, २०८३

नेपालका हितैषी भारतीय नेता त्रिपाठीको निधन

नेपालका हितैषी भारतीय नेता डीपी त्रिपाठीको बिहीबार ६७ वर्षको उमेरमा निधन भएको छ। 
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडाैँ : नेपालका हितैषी भारतीय नेता डीपी त्रिपाठीको बिहीबार ६७ वर्षको उमेरमा निधन भएको छ। 

त्रिपाठी नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगीसमेत थिए। २०६२/६३ को जनआन्दोलनका बेला उनी भारतीय सरकारको प्रतिनिधिका रुपमा पटकपटक नेपाल आएका थिए।

तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे समझदारी हुनुमा त्रिपाठीको ठूलो भूमिका थियो। 

उनी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) महासचिव थिए। पूर्व सांसदसमेत रहेका त्रिपाठीको उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका त्रिपाठी जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी युनियनका अध्यक्ष भएका थिए। आफ्नो राजनीतिक जीवन कांग्रेसबाट सुरु गरेका त्रिपाठी पछि एनसीपीमा आबद्ध भएका थिए। एनसीपी नेता सुप्रिया सुलेले त्रिपाठीको निधनमा दुःख व्यक्त गरेकी छन्।

प्रकाशित: Jan 02, 2020| 09:01 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।