मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टीभित्रको विवादले कांग्रेसको प्रतिपक्षि भूमिका कमजोरः पौडेल

पार्टीभित्रको विवादले कांग्रेसको प्रतिपक्षि भूमिका कमजोरः पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसभित्रको विवादका कारण पार्टीको प्रतिपक्षि भूमिका अत्यन्त कमजोर भएको बताएका छन्।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसभित्रको विवादका कारण पार्टीको प्रतिपक्षि भूमिका अत्यन्त कमजोर भएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले कानेपोखरीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सभापति गुटको मात्र नेता बन्न खोज्नु दुर्भाग्यपूर्ण भएको धारणा राखे ।

“कांग्रेस जस्तो ऐतिहासिक विरासत बोकेको पार्टीका सभापति देशको नै अभिभावक हुनुपर्नेमा सभापतिले नै एउटा गुटलाई मात्र बोक्नुु किमार्थ उचित होइन,” पौडेलले भने । महाधिवेशन आयोजना गर्ने विषयमा समेत बहुमतको आधारमा एकलौटी निर्णय हुँदा देशभरका कार्यकर्ता निराश भएको भन्दै पौडेलले सबै कार्यकर्ताको साझा नेता बन्न सभापतिलाई सुझाव दिए ।

अहिले देखिएको विवाद समाधान गर्ने मुख्य दायित्व पार्टी सभापतिकै हो भन्दै पौडेलले सहमति बेगर बुहमतबाट मात्रै निर्णय गर्दै जाने हो भने पार्टी थप कमजोर हुने बताए । बेग्लै प्रसंगमा पौडेलले सरकार नीतिगत रुपमै भष्टाचरीको संरक्षणमा जुटेको र कांग्रेस त्यसको साक्षी बसेको अवस्था देखिएको टिप्पणी गरे । देश र जनताको पक्षमा अहिलेको सरकारले धेरै काम गर्न सक्ने अवस्था रहेपनि केही गर्न नसकेको पौडेलको भनाइ थियो ।

पौडेलले पछिल्लो समय मुलुकमा भष्ट्राचार, कुशासन, अनियमितता, असुरक्षा, महंगी सबै बढ्दा पनि सरकार केवल मूकदर्शक प्रमाणित भएको धारणा राखे । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका झण्डै दुई सय जनालाई नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइराला र पौडेलले स्वागत गरेका थिए ।

 

 

प्रकाशित: Jan 02, 2020| 10:57 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।