काठमाडौं– नेपाल राष्ट्र बैंकले प्रवक्तामा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। यसअघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अनिवार्य अवकाशको लागि बिदामा बसेपछि राष्ट्र बैंकले भट्टलाई प्रवक्ताको रुपमा नियुक्त गरेको हो।
भट्ट अनुसन्धान विभागको कार्यकारी निर्देशकसमेत हुन् । उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनका अनुसन्धान तथा खोजका दर्जनौं प्रतिवेदनहरू प्रकाशित छन्। चालू वर्षको मौद्रिक नीति तर्जुमाको संयोजन भट्टले नै गरेका हुन् भने उनको अनुसन्धानमा विषेश दख्खल रहेको छ ।