मंगलबार, भदौ २, २०८३

अस्पतालमा उपचारत कामतीले जिते १० लाख

सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रु. १० लाख जितेका छन् ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं– सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रु. १० लाख जितेका छन् । यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् ।

मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए । बुधबार चर्चित हास्यकलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई रु. १० लाखको चेक हस्तान्तरण गरेका थिए ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १, २०७६ देखि संचालनगर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउँछन् ।

प्रकाशित: Jan 02, 2020| 08:56 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्