मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारका प्रवक्ताकाे गुनासाे- चिनी व्यवसायी बार्गेनिङ गर्छन्

सरकारका प्रवक्ताकाे गुनासाे- चिनी व्यवसायी बार्गेनिङ गर्छन्

 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं– सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिनी व्यवसायीहरुको सरकारसँग बार्गेनिङ गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने काम बारम्बार गरिरहेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘एउटै व्यापारी चिनी आयात पनि गर्छ र नेपालभित्रै मिल पनि चलाउँछ । उनीहरुलाई हामीले व्यवसाय नगर भन्न सक्तैनौ, जसका कारण चिनीको कृत्रिम अभाव सिर्जना गरेर सरकारसँग बार्गेनिङ गर्छन्।।’

उनले उखु किसानका समस्या बारम्बार दोहोरिरहेको बताउँदै यो ‘क्रोनिक’जस्तो भएको टिप्पणी गरे । उनले सरकारले उखु किसानका लागि दिइने अनुदान रकम चिनी व्यवसायीहरुले नै लिने गरेको सूचना पाइएको बताउँदै गृह मन्त्रालयले किसानको रकम नदिने व्यवसायीलाई पक्राउ गर्दै उनीहरुको रकम फिर्ता दिने काम गरिरहेको स्पष्ट पारे ।

उनले सरकारले उखुको मूल्य तोकिसकेको बताउँदै सरकारले दिने अनुदान कृषकको हातमा नै कसरी पुर्याउने भन्ने समस्या भएको र यसको समाधान छिट्टै हुने जानकारी दिए । आगामी दिनमा उखु किसानका समस्या दिगो रुपमा समाधानका लागि सकारले सहकारी मोडल वा उखु कृषकको समूह बनाउनेतर्फ पनि सोचिरहेको उनले बताए ।

 

प्रकाशित: Jan 02, 2020| 10:45 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।