अहमदाबादबाट ट्रम्प ताजमहल गएर त्यहाँबाट सुर्यास्त अवलोकन गर्ने र अबेर राति राजधानी दिल्ली पुग्ने कार्यक्रम छ। औपचारिक भेटवार्ताहरु भोलि दिल्लीमै हुनेछन्।
कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । संक्रमणको समाचारसँगै कोरियामा रहेका नेपालीका आफन्त पनि डराएका छन् । कतिपयले आफन्तलाई घर फर्कन दबाब दिन थालेका छन् ।
कार्यदलको पहिलो बैठक सोमबार (आज) का लागि बोलाइएको थियो। नेम्वाङ र देवकोटाले भने कार्यदललाई दिइएको जिम्मेवारीका विषयमा असन्तुष्टि जनाउँदै कार्यदलमा बस्न अस्वीकार गरेका छन्।
नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका-४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिरहेको छ।
ललितपुर प्याट्रियट्सले यसअघि श्रीलंकाका पूर्वकप्तान उपल थरङ्गालाई भित्र्याइसकेको छ। प्रतियोगिताको नियमअनुसार प्रत्येक टिमले कम्तीमा तीन जना विदेशी खेलाडी राख्नुपर्नेछ।
अमेरिकी स्पोर्टस एवम् स्पोर्टस कल्चर वेभसाइट ‘ब्लेचर पोस्ट’ले हालसालै सार्वजनिक गरेको एक अध्ययन अनुसार ट्विटरबाट सबैभन्दा धेरै कमाउने खेलाडी हुन्, पाेर्चुगलका क्रिस्टियानो रोनाल्डो ।
सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सोमबार बिहानै ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिए।