मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रदेशस्तरीय खुला भलिबल : नेकपा बाब्लालाई पराजित गर्दै एन्जिला तेस्रो

प्रदेशस्तरीय खुला भलिबल : नेकपा बाब्लालाई पराजित गर्दै एन्जिला तेस्रो

साँफेबगरमा जारी प्रथम प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा एन्जिला पुस्तक पसल टिम तेस्रो भएको छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

अछाम– साँफेबगरमा जारी प्रथम प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा एन्जिला पुस्तक पसल टिम तेस्रो भएको छ।

एन्जिला नेकपा गाउँ कमिटी बाब्लालाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो भएको हो।

जितसँगै एन्जिलाले नगद १ लाख ५० हजार रूपैयाँ पुरस्कार जितेको छ।

पहिलो सेट २५–२० ले जितेको एन्जिलाले त्यसपछिका लगातार दुई सेटको नतिजा विपक्षीलाई सुम्पियो। बाब्लाले दोस्रो र तेस्रो सेट क्रमशः २५–१६ र २५–२३ले आफ्नो पक्षमा पार्याे।

त्यसपछि खेलमा फर्किएको एन्जिलाले चौथो सेट २५–१६ र पाँचौं सेट १५–१३ ले जित्यो।

प्रतियोगितामा एन्जिलाका सुवास महतो म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको उपाधिका लागि आयोजक गिरिजाप्रसाद कोइराला फाउन्डेसन, अछाम र प्रमुख प्रशासकीय अधिकृतको टिम आजै प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको विजेता टिमले नगद ५ लाख र उपविजेताले दुई लाख ५० हजार रूपैयाँसहित ट्रफी हात पार्नेछ।

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको फाउन्डेसनका सचिव कृष्ण कँवरले जानकारी दिए।

प्रकाशित: Feb 24, 2020| 13:52 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।