बिहीबार, भदौ ४, २०८३

कोरोनाको असर स्टक बजारमा पनि

 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

हङकङ– कोरोना भाइरसका कारण दक्षिण कोरियाकाे सेयर बजारमा नकारात्मक असर परेकाे छ।

स्टक बजारमा (कोप्सी) २.९ प्रतिशतले गिरावट आएको छ। दक्षिण कोरियामा ६०० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण भएको छ । सात जनाकाे मृत्यु भइसकेकाे छ।

सेयर बजारको औद्योगिक सूचक ३०० अंकभन्दा तल अर्थात् १.१ प्रतिशत झरेको छ । एस एन्ड पी ५०० पनि १.२ प्रतिशतले झरेको छ।

शुक्रबार बजार २२८ विन्दुले कमी भएको थियो। सोमबार तीनवटै परिसूचक घटेर रेकर्ड बनाएको छ।

हङकङ हाङसेङ इन्डेक्स १.३ प्रतिशतले गिरावट आएको छ भने चाइनाको सांघाई कम्पोजिट इडेक्स ०.५ प्रतिशतले कमी आएको छ।

जापानमा सोमबार सार्वजनिक बिदा भएका कारण बजार बन्द थियो । तेल समूहको कारोबारमा पनि गिरावट आएको छ।
तेल समूहको कारोबारमा २.७ प्रतिशतले गिरावट आई प्रतिब्यारेल ५१.९२ डलरमा आइपुगेको छ।

बरेन्ट क्रुड (ग्लोवल बेन्चमार्क) सूचक पनि ३ प्रतिशतले घाटामा गएको छ। यसको अन्तिम कारोबार प्रति ब्यारेल ५६.७५ डलर थियो।

प्रकाशित: Feb 24, 2020| 14:37 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्