सोमबार, चैत ९, २०८२

डोनाल्ड ट्रम्पले गरे विश्वकै ठूलो क्रिकेट रंगशाला उद्घाटन

उनको स्वागतका लागि अहमदाबादमा धेरै दिनअघिबाटै सजावटको काम अघि बढाइएको थियो। स्थानीयका अनुसार गुजरातलाई तिहारजस्तै सजाइएको थियो।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

एजेन्सी– भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहमदाबादमा विश्वकै ठूलो रंगशालाको उद्घाटन गरेका छन्। गुजरातको राजधानीमा भर्खरै निर्माण भएको स्टेडियमको अमेरिकी राष्ट्रपतिले प्रथम पहिला मेलिनियाँ ट्रम्पका साथ उद्घाटन गरेका हुन्।

National life

उनको स्वागतका लागि अहमदाबादमा धेरै दिनअघिबाटै सजावटको काम अघि बढाइएको थियो। स्थानीयका अनुसार गुजरातलाई तिहारजस्तै सजाइएको थियो।

३६ घण्टे भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति अहमदाबाद पछि आगराको ताजमहल हेर्न जाने कार्यक्रम रहेको छ। भारत आउनुभन्दा केही दिनअघि ट्रम्पले आफ्नो ट्वीटरमा भारत भ्रमणमा ७० लाख भारतीयलाई सम्बोधन गर्ने बताएका थिए।

ट्रम्पको सुरक्षाका लागि गुजरातमा मात्र १२ हजार प्रहरीले सुरक्षा दिएको गुजरातका प्रहरी अधिकारी बताएका छन्। अमेरिकी राष्ट्रपतिको सुरक्षाको लागि मात्र ४२ कारोड भारतीय रुपैयाँ खर्च गरिएको छ।

‘नमस्ते ट्रम्प’ नाम दिइएको ट्रम्पको भारत भ्रमणको व्यवस्थापन डोनाल्ड ट्रम्प नागरिक अभिनन्दन समितिले गरेको छ।

Laxmi sunrise bank
kumari

गुजरातमा विश्वकै ठूलो स्टेडियमको उद्घाटन हेर्नका लागि ठूलो संख्यामा मानिसहरुको उपस्थिति थियो। एक लाख मानिसको उपस्थिति रहेको भारतीय मिडियाले बताएका छन्। त्यहाँ ट्रम्पले नागरिक अभिनन्दन पनि गरेका थिए।

स्टेडियमका पाँच विशेषता

–स्टेडियमले एक लाख १० हजार क्रिकेट फ्यानलाई एकै ठाउँबाट क्रिकेट हेर्न मद्दत गर्ने छ। यो नै स्टेडियमको मुख्य विषेशता हो।

–यो प्रोजेक्टको अनुमानित लागत सात सय करोड भारतीय रूपैयाँ रहेको छ। यो स्टेडियम ६३ एकडमा फैलिएको छ। यसभित्र क्लब हाउस हुनेछ जसमा ५० कोठा, ७६ कार्पोरेट बक्स, चार ड्रेसिङरुम, तीन अभ्यास मैदान हुनेछन्। साथै यसभित्र क्रिकेट एकेडेमी, ओलम्पिकको साइजको स्वीमिङ पुल, पार्किङ एरिया हुनेछन्। पार्किङमा तीन हजार चारपाङ्ग्रे र १० हजार दुईपाङ्ग्रे सवारीसाधन राख्न मिल्ने छ।

–गुजरात क्रिकेट एसोसिएसन(जिसिए)का अनुसार यो प्रोजेक्ट प्रधानमन्त्री नरेन्द्र मोदीको सपना थियो। गुजरातको धेरै क्रिकेट फ्यानले उनीहरुको स्टार क्रिकेटरको खेल हेर्न नपाउेने भएकाले मोदी र जिसिएका अध्यक्ष मिलेर यो प्रोजेक्ट सुरु गरेको बताइएको छ।

–स्टेडियमका लागि सवारी ट्राफिकको अलग व्यवस्था गरिएको छ। स्टेडियम डिजाइन गर्दैखेरी ट्राफिकलाई ध्यानमा राखिएको थियो। नयाँ लेआउटका अनुसार ट्राफिकलाई तीन दिशामा बाँडिएको छ।

–न्युज१८ का अनुसार यो स्टेडियमको सुरुवात २०१८ मा गरिएको थियो। त्यतिबेला जिसिएले स्टेडियमको प्रोजेक्ट लार्सन एन्ड टुर्वोलाई दिएको थियो।

–भारतीय क्रिकेटर सचिन तेन्दुल्करले सन् १९९९ मा पहिलोपटक दोहोरो सतक यही मैदानमा बनाएका थिए।

– १९८७ मा सुनिल गावास्करले आफ्नो १०,००० औं टेस्ट रन यही मैदानमा पुर्याएका थिए। टेस्टमा दस हजार रन पुर्याउने उनी पहिलो खेलाडी थिए।

– त्यसको सात वर्षपछि कपिल देवले रिकार्डसनको चार सय ३१ विकेटको रेकर्ड पनि त्यही मैदानमा तोडेका थिए।

प्रकाशित: Feb 24, 2020| 14:54 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।