आइतबार, चैत १, २०८२

ट्रम्पको अंगालोमा लपक्कै मोदी

अहमदाबादबाट ट्रम्प ताजमहल गएर त्यहाँबाट सुर्यास्त अवलोकन गर्ने र अबेर राति राजधानी दिल्ली पुग्ने कार्यक्रम छ। औपचारिक भेटवार्ताहरु भोलि दिल्लीमै हुनेछन्।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका लागि भारत आइपुगेका छन्। विशेष अमेरिकी विमानबाट आएका ट्रम्प गुजरातको राजधानी अहमदाबादस्थित विमानस्थलमा ओर्लिएका थिए।

National life

अमेरिकाबाट उड्नुअघि ट्रम्पले हिन्दीमा ट्विट गर्दै आफू भारत पुग्न आतुर रहेको बताएका थिए भने जवाफमा मोदीले ‘अतिथि देवो भवः’ भनेका थिए।

सेतो सर्ट, निलो कोट प्यान्ट र पहेंलो टाइ लगाएका ट्रम्पको साथमा थिइन् सेतो गाउनमा सजिएकी, ब्राउन कलरको कपाल फर्फराइरहेकी अमेरिकी फर्स्ट लेडी मेलानियाँ ट्रम्प। सेतो विमानको सिँढीबाट ओर्लनेबित्तिकै मोदीले ट्रम्पलाई अंकमाल गरे र मेलानियाँसँग हात मिलाए।

मोदीले ट्रम्पलाई अंकमाल गरेको दृष्य ‘केमेस्ट्री मिलेको’ भन्दै भारतीय मिडियाले निकै प्राथमिकताका साथ प्रशारण गरिरहेका थिए। विमानबाट गाडीसम्म रेड कार्पेटमा ट्रम्पसँग गफ गर्दै हिँडिरहेका मोदी घरीघरी एक–दुई कदम रोकिँदै मेलानियाँसँग पनि कुरा गर्दै थिए।

विमानस्थलबाट ट्रम्पलाई लिएर मोदी सावरमतीस्थित गान्धी आश्रमममा पुगे, जहाँ ट्रम्प दम्पतीले निकै चाखपूर्वक त्यहाँ रहेको चर्खा अवलोकन गरे।

Laxmi sunrise bank
kumari

आज नै ट्रम्पले अहमदाबादमा मोदीको ड्रिम प्रोजेक्ट मोटेरा क्रिकेट स्टेडियम उद्घाटन गरे। विश्वकै ठूलो दाबी गरिएको यो स्टेडियमको दर्शक क्षमता १ लाख १० हजार छ। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले मोदीको प्रशंसा गरे।

अहमदाबादबाट ट्रम्प ताजमहल गएर त्यहाँबाट सुर्यास्त अवलोकन गर्ने र अबेर राति राजधानी दिल्ली पुग्ने कार्यक्रम छ। औपचारिक भेटवार्ताहरु भोलि दिल्लीमै हुनेछन्।

भ्रमणका क्रममा दुई देशका प्रमुखबीच व्यापारिक सम्झौता पनि हुने बताइएको छ। यही कारण ट्रम्पको यो भ्रमणलाई भारतमा निकै महत्वका साथ हेरिएको छ।

तस्बिरहरूः एपी, एएफपी

प्रकाशित: Feb 24, 2020| 16:24 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।