आइतबार, चैत १, २०८२

इरानमा कोरोनाको मृत्युदर उच्च

सबैभन्दा धेरै क्षति बेहोने पहिलो देश चीन भए पनि कोरोना संक्रमितको तुलनामा मृत्युदर भने कम छ । चीनमा कोरोना संक्रमितको मृत्युदर ३.३५ प्रतिशत छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण अहिलेसम्मकै उच्च मृत्युदर इरानमा भएको छ । इरानमा कोरोना संक्रमितमध्ये २५ प्रतिशतको मृत्यु भएको पाइएको छ ।

National life

इरानमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । जबकी जम्मा ४७ जनामा संक्रमण भएको पुष्टि भएको छ । यो कोरोनाबाट मृत्यु हुने अहिलेसम्मकै उच्च मृत्युदर हो ।

गत बुधबारबाट संक्रमण देखिन सुरु गरेको इरानले त्यसअघिसम्म आफ्नो देश कोरोना भाइरसबाट मुक्त रहेको बताएको थियो । संक्रमण सुरु भएको केही दिनमै सबैभन्दा बढी क्षति बेहोने दोस्रो देश इरान बनेको छ ।

सबैभन्दा धेरै क्षति बेहोने पहिलो देश चीन भए पनि कोरोना संक्रमितको तुलनामा मृत्युदर भने कम छ । चीनमा कोरोना संक्रमितको मृत्युदर ३.३५ प्रतिशत छ ।

चीनमा कोरोना संक्रमितको संख्या ७७ हजार ३ सय ४५ छ भने मृत्यु हुनेको संख्या २ हजार ५ सय ९३ रहेको छ । कोरोना संक्रमणपश्चात् चीनमा निको भएर घर फर्कनेको संख्या २४ हजार ९ सय ४२ अर्थात् ३२.२४ प्रतिशत छ ।

Laxmi sunrise bank
kumari

चीनबाहिर हालसम्म इरानको मृत्यु संख्या नै सबैभन्दा धेरै हो । इरानपछि दक्षिण कोरियामा हालसम्म ८ संक्रमितको मृत्यु पुष्टि भएको छ ।

कोरियामा हालसम्म ८ सय ३३ जना संक्रमित फेला परेका छन् । कोरियन सरकारले देशमा ‘रेड अलर्ट’ जारी गरेको छ । कोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको मृत्युदर ०.९६ प्रतिशत छ ।

इरानमा पहिलो संक्रमण देखिएको छैटौं दिनमै १२ जनाको मृत्यु भएको हो ।

(एजेन्सीहरु)

प्रकाशित: Feb 24, 2020| 16:48 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।