बिहीबार, भदौ ४, २०८३

पृथ्वीलाई चेप्टो साबित गर्ने प्रयास गर्दागर्दै ह्यूग्सको ज्यान गयो

म्याड माइक नामबाट विख्यात स्वघोषित खोजकर्ता र दुस्साहासी माइक ह्यूग्सको मृत्यु भएको छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

म्याड माइक नामबाट विख्यात स्वघोषित खोजकर्ता र दुस्साहासी माइक ह्यूग्सको मृत्यु भएको छ।

आफैंले बनाएको रकेट दुर्घटनामा परेर उनको मृत्यु भएको हो। अमेरिकी नागरिक ह्यूग्स पृथ्वीलाई चेप्टो सावित गर्ने प्रयासमा थिए।

घटना यसै साता क्यालिफोर्नियाको मरुभूमिमा भएको हो । साइन्स च्यानलले आफ्नो आगामी सिरिज ‘होममेड एस्ट्रोनट’ मा माइकल ह्यूग्सको कथा देखाउने तयारीमा थियो।

च्यानलले ट्विट गरेर भनेको छ, ‘आफैंले बनाएको रकेट लन्च गर्ने क्रममा म्याड माइक ह्यूग्सको दुखद मृत्यु भएको छ।’

साइन्स च्यानलले ह्यूग्सको मृत्युमा दुख व्यक्त गर्दै लेखेको छ, ‘उनको यात्रा च्यानलमा प्रशारण होओस भन्ने ह्यूग्सको सपना थियो।’

 

फ्रिलान्स पत्रकार जस्टिन च्यापम्यानले ह्यूग्सको रकटेट लञ्चको फिल्म बनाइरहेका थिए। भिडियोमा देखिन्छ, मोजावे मरुभूमिबाट उडान भरहेको केही बेरमै रकेट दुर्घटनाग्रस्त भयो। घटनास्थल लस एन्जलसभन्दा करिब १५० किलोमिटर उत्तरपूर्वमा पर्छ।

च्यापम्यानका अनुसार ६४ वर्षीय ह्यूग्स रकेटमा उडान भरेपछि सम्भवतः बेहोस भएका थिए।

सन् २००२ मा ह्यूग्सले क्यालिफोर्नियामा पेरिस स्पिडवेबाट लिमोजिनमा बसेर हामफालेपछि निकै चर्चामा आएका थिए। यो स्टन्टलाई गिनिज वर्ल्ड रेकर्ड्सले लिमोजिनको सबभन्दा लामो र्‍याम्प छलाङ’ का रुपमा उल्लेख गरेको छ।

दुस्साहसी ह्यूग्स यसपछि पृथ्वीलाई चेप्टो सावित गर्नमा जुटेका थिए। यो कुराका लागि प्रमाण जुटाउन उनी आफैंंले रकेट बनाएर पृथ्वीको वातावरण र बाहिरी अन्तरिक्षको सीमासम्म जान चाहन्थे।

-रोयटर्स

प्रकाशित: Feb 24, 2020| 16:15 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।