काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
काठमाडौं महानगरमा सुरुवातदेखि नै निरन्तर अग्रता राखेका बालेनको जित र हारमा दुई युवाले बाजी थापेका हुन्। खोटाङका रमेश खड्का र विजय फुयाँलबीच खसी बाजी भएको हो।
बालेनले काठमाडौंको मेयर जिते रमेशले २८ केजीको खसी विजयलाई दिने र बालेन हारे विजयले २८ केजीको खसी बराबरको रकम रमेशलाई दिने सर्त राखिएको छ। उनीहरुले साक्षी किनारासमेत राखेर सर्तको कागजात समेत बनाएका छन्। जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।