सोमबार, असार १, २०८३

कोरियाका नेपाली भन्छन्- हामी सुरक्षित छाैं

कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । संक्रमणको समाचारसँगै कोरियामा रहेका नेपालीका आफन्त पनि डराएका छन् । कतिपयले आफन्तलाई घर फर्कन दबाब दिन थालेका छन् ।
 |  सोमबार, फागुन १२, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, फागुन १२, २०७६

काठमाडौं– चीनमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) दक्षिण कोरियामा पुगिसकेको छ । संक्रमण बढ्दै गएपछि कोरिया सरकारले देगु सहर बन्द गरेको छ । राजधानी सिओल पनि बन्द गर्ने तयारी भइरहेको कोरियाली मिडियाले जनाएका छन्। ४ दिनअघिसम्म ३० जनामा संक्रमण देखिएको कोरियामा अहिले संक्रमितको संख्या ७ सय नाघिसकेको छ ।

National life

कोरियामा रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । संक्रमणको समाचारसँगै कोरियामा रहेका नेपालीका आफन्त पनि डराएका छन् । कतिपयले आफन्तलाई घर फर्कन दबाब दिन थालेका छन् ।

चितवनका अनिश पौडेल कोरियाको इन्छन सहरको एक कम्पनीमा काम गर्छन्। यता, कोरोनाको कुरा सुनेदेखि अनिशकी आमा कृष्णकुमारी चिन्तित छिन्। प्रत्येक दिन फोनमा छोराले आफू सुरक्षित रहेको बताए पनि परिवारमा भने चिन्ता बढेको उनले सुनाइन् ।

परिवारले बढी चिन्ता लिन थालेपछि अनिशलाई पनि अत्यास लाग्न थालेको छ । ‘कोरियामा कोरोनाको संक्रमणको खबर सुन्नासाथ परिवारले घर फर्कन दबाब दिइरहेका छन् तर कम्पनीबाट बिदा मिल्दैन,’ अनिशले फेसबकु म्यासेन्जरमा भने ।

दक्षिण कोरियाको देगु प्रान्तमा कोरोनाको संक्रमण फैलिएको छ । देगु प्रान्तकै एक कम्पनीमा काम गरिरहेका चितवनकै रमेश अधिकारी सञ्चारमाध्यम र सामाजिक सञ्जालका खबरले परिवार र आफूलाई थप पीडा थपेको बताउँछन् ।

Shivam cement

नेपालमा आत्तिएका परिवारलाई सम्झाउँदै बसेका छन् रमेश । रमेश बसेको देगु सहरलाई कोरिया सरकारले बन्द गरेको छ । रमेशका अनुसार हुन्डाई, किया लगायत ठूला कम्पनी बन्द भएका छन् । रमेशले काम गर्ने कम्पनी भने बन्द भएको छैन ।

‘खानाको व्यवस्था कम्पनीले नै गरेको छ । कम्पनीमा नै हरेक दिन ज्वरो परीक्षण हुन्छ, काम गर्दा मास्क अनिवार्य रुपमा लगाउनुपर्छ । किटाणुको संक्रमण फैलन नदिन विभिन्न औषधी छर्किन्छ,’ उनले पनि म्यासेन्जरमा भने। धेरैजसो कम्पनीले सुरक्षा अपनाएकाले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।

देगुमै बस्ने राजु पोखरेल पनि सामाजिक सञ्जाल र सञ्चारमाध्ययममा आएका खबरले परिवारमा झनै डराउनुपर्ने वातावरण बनेको बताउँछन् । ‘कम्पनीले सबै सुरक्षा अपनाएको छ, यहाँका नेपालीहरु सुरक्षित छन् । तर नेपालमा रहेका परिवार भने निकै डराएका छन्,’ उनले भने । उनी हरेक दिन परिवारलाई फोन गर्दै सम्झाइरहेका छन् ।

‘नेपाली काम गर्ने कम्पनीले सुरक्षाका उपाय अपनाएका छन्, बाहिर निस्कन दिइएको छैन । कोरोना भाइरसबाट बच्नको लागि आवश्यक सुरक्षा उपायको बारेमा कक्षा पनि भरहेको छ । डराउनुपर्ने अवस्था छैन,’ उनले थपे ।

कोरियाका नेपाली सुरक्षित, तर जोखिममा

दुई दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि भने राजुको मनमा पनि चिसो पसेको छ । सधैं परिवारलाई सम्झाउने राजुलाई अहिले परिवारलाई सम्झाउन गाह्रो भइरहेको छ। संक्रमित बढेसँगै एक हप्ता अगाडिसम्म सहजै पाइने मास्क अहिले सहजै पाउन छोडेको उनले सुनाए ।

दक्षिण कोरियामा कोरोना भाइरसका कारण सोमबारसम्ममा ७ जनाले ज्यान गुमाएका छन् भने ७ सय ६३ जनामा संक्रमण भएको पुष्टि भएको द कोरिया टाइम्सले उल्लेख गरेको छ ।

कोरियास्थित नेपाली दूतावासले अहिलेकै अवस्थामा कोरियामा रहेका नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । दूतावासले कोरोना संक्रमण बढिरहेको देगुलगायत आसपासका क्षेत्रमा रहेका नेपालीहरुलाई विशेष सतर्कता अपनाउन भनेको छ । दूतावासले कोरोना भाइरसको शंका लागेमा कोरियाको सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गई स्वास्थ्य परीक्षण तथा उपचार गराउन पनि आग्रह गरेको छ ।

कोरियन सरकारले धार्मिकस्थल तथा भीडभाड हुने ठाउँमा नजान, अनिवार्य रुपमा मास्क र पञ्जा लगाउन, कुनै पनि काम गरिसकेपछि साबुन पानीले हात धुन, बाहिरबाट आएका मानिससँग हात नमिलाउन भनेको छ ।

कोरियामा बसेकाहरुको समूह तथा संघसंस्थाहरुले गर्ने भेटघाट तथा कार्यक्रमहरु तत्कालका लागि सबै स्थगित भएका छन्।

 

प्रकाशित: Feb 24, 2020| 15:56 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।