आइतबार, चैत १, २०८२

मलेसियाका प्रधानमन्त्री महाथिरले दिए राजीनामा

 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

क्वालालम्पुर– मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार पदबाट राजीनामा दिएका छन्।

National life

९४ वर्षीय मोहम्मद नयाँ सत्ता गठबन्धनको प्रयासमा थिए। उनको प्रयास सफल हुन नसकेपछि राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनले आकस्मिक राजीनामा दिएसँगै देशमा राजनीतिक संकट निम्तने आशंका गरिएको छ।

९४ वर्षीय महाथिरले आफ्ना उत्तराधिकारी भनिएका अनवर इब्राहिमसँग मिलेर नयाँ गठबन्ध बनाउने चर्चा चलिरहेका बेला एक्कासी राजीनामा दिएका हुन्।

विश्वकै सबैभन्दा ज्येष्ठ प्रधानमन्त्री महाथिर पछिल्लो समय सन् २०१८ मा सत्तामा आएका थिए।

Laxmi sunrise bank
kumari

खर्बौ भ्रष्टाचारको आरोप लागेका प्रतिद्वन्द्वी तत्कालीन प्रधानमन्त्री नजीब रजाकलाई भारी मतले पछि पार्दै उनी प्रधानमन्त्रीमा चुनिएका थिए।
राजालाई बुझाइएको राजीनामामा त्यसको कारण नखुलाइएको मलेशियाली सञ्चारमाध्यमहरुले जनाएका छन्।

मलेशियाको नयाँ प्रधानमन्त्री को हुन्छ वा नयाँ निर्वाचन हुन्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। 

महाथिरले आफ्नो राजनीतिक दल बरसातुको अध्यक्ष पदबाट पनि राजीनामा दिएका छन्।

आइतबार मात्रै अनवरले महाथिर उनको पार्टीलाई देशद्रोहीको आरोप लगाउँदै नयाँ सरकार बनाउने घोषणा गरेका थिए।

यद्यपि महाथिर अझै पनि मलेशियाली राजनीतिका ‘मास्टर म्यानिपुलेटर’ मानिन्छन्। उनले नाटकीय राजीनामा दिए पनि राजाबाट उनको राजीनामा स्वीकृत नहुने र उनी प्रधानमन्त्री पदमा कायमै रहने सम्भावनाका बारेमा पनि स्थानीय सञ्चारमाध्यमहरुमा खबर आइरहेका छन्।

प्रकाशित: Feb 24, 2020| 14:11 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।