बिहीबार, भदौ ४, २०८३

'कोट, टोपी र दौराको रङ मिलेन भन्दै विरोध गर्छन्'

प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्ति बढेको बताएका छन्।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्ति बढेको बताएका छन्। गण्डकी प्रदेशद्वारा सोमबार आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्तिका कारण केही विषय नपाएपछि गैरविषयलाई विषय बनाइएको आरोप लगाए। उनले प्रतिपक्षीलाई लक्षित गर्दै भने, 'अहिले केही विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्ने विषय बनाएर हिँडेका छन्।'

संसदमा विधेयक छलफल गर्नुभन्दा पहिला माइतीघर मण्डला पुग्ने र जनतालाई भ्रम छर्दै सरकारलाई असफल बनाउने सक्रियता भइरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, 'हामी महान उद्देश्यका साथ अगाडि बढेका छौं, दूरगामी महत्व र असाधारण कामको थालनी भएको छ, जनताले महसुस गर्न काम गरेका छौं । सस्तो लोकप्रियताका लागि यो सरकारले काम गर्दैन, यो देशमा परिवर्तनको सङ्कल्प र उत्तरदायित्व बोकेको सरकार हो।'

ओलीले सुशासन र विकास अहिलेको मुख्य एजेन्डा भएको बताए।

 

प्रकाशित: Feb 24, 2020| 16:42 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।