बिहीबार, भदौ ४, २०८३

बाँस्कोटाको ट्वीटमा गाली र व्यंग्यको वर्षा

सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सोमबार बिहानै ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिए।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं - सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सोमबार बिहानै ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिए। ट्वीटरमार्फत उनले 'ल्होसार मनाउने सबैमा सुख ,शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।', भन्दै ट्वीट गरे।

ट्वीटलगत्तै रिप्लाईमा उनलाई गाली र व्यंग्य प्रहार हुन थाले। राजीनामा पछि उनले तीनवटा ट्वीट गरेका छन्। तर सबैमा उनले यसभन्दा अघिका ट्वीटभन्दा बढी लाइक, रिट्वीट र कमेन्ट पाएका छन्। तर ती कमेन्टमा व्यंग्यवाण प्रहार गरिएका छन्।

सोमबार उनले, 'हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा ग्याल्बो ल्होसार मनाउने सबैमा सुख ,शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु', भन्दै शुभकामना सन्देश दिए। जवाफमा उनलाई धन्यवाद र शुभकामना फर्काउने भन्दा पनि 'जनताको खुन चुस्नेको शुभकामना चाहिएन' भन्दै कमेन्ट आउन थाले।

करन सिंह धामी नाम गरेका युजरले, 'यी भ्रष्टाचारीलाई सामाजिक संजालबाट पनि बहिस्कार गरौ।... जनता को खुन चुस्नेहरुको खोक्रो शुभकामना चाहिएन।', भन्दै कमेन्ट गरेका छन्। यस्तै परिधी अधिकारीले शुभकामनामा पनि भ्रष्टाचारको गन्ध आइरेहेको बताएकी छिन्। उनले लेखेकी छिन्, 'शुभकामनामा हल्का हल्का भ्रष्टाचारको गन्ध पो आईराछ त असत्तीले भिडियो सार्वजनिक गरेर त हो नि, गुपचुप नै राखेको भए तपाईं भ्रष्ट नेता होईन राजनेता यतिबेला शुभकामना होईन अरुलाई उडाउँदै बस्दै गर्नुहुन्थ्यो होला।' यस्तै नरेन्द्र विक्रम चन्द ले त उनलाई कवितामार्फत नै व्यंग्य प्रहार गरेका छन्। उनले लेखेको कविता यस्तो छ-

सरकार कमिसनको अडा बनायौ गोकुल।।
देश कहिले नउठ्ने गरी खडा बनायौ गोकुल।।
राष्ट्रहित छोडी घरको हितमा फस्यो भ्रष्ट।।
द्रव्य आर्जन बाटो खोज्दै दरवार पस्यो भ्रष्ट।।
कम्युनिष्टले कमाउनिष्ट बनेको आधर भेटे।।
गौतम बृद्धको निधारको टिका पनि मेटे।।

कतिपयले त भ्रष्टाचारीले दिएको शुभकामना नलाग्ने भन्दै व्यंग्य गरेका छन्। कतिले भने ७० करोडको शुभकामना आयो है भनेका छन्।

यसअघि उनले महाशिवरात्रिका अवसरमा दिएको शुभकामना सन्देशमा पनि गाली र व्यंग्य गर्नेको ओइरो लागेको थियो। राजीनामा अघि कमै लाइक, कमेन्ट र रिट्वीट पाउने बाँस्कोटाले पछिल्लो समय भने व्यापकै भिजिटर पाउने गरेका छन्।

 

 

प्रकाशित: Feb 24, 2020| 13:48 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।