मंगलबार, असार ३०, २०८३

रोनाल्डो ट्विटरबाट सर्वाधिक कमाउने खेलाडी

अमेरिकी स्पोर्टस एवम् स्पोर्टस कल्चर वेभसाइट ‘ब्लेचर पोस्ट’ले हालसालै सार्वजनिक गरेको एक अध्ययन अनुसार ट्विटरबाट सबैभन्दा धेरै कमाउने खेलाडी हुन्, पाेर्चुगलका क्रिस्टियानो रोनाल्डो ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं– पछिल्लो समय मानिसका लागि सामाजिक सञ्जाल महत्त्वपूर्ण हिस्सा भएको छ। खेलाडीका लागि पनि सामाजिक सञ्जालको महत्त्व कम छैन।

उनीहरू ट्विटर, इन्स्टाग्राममार्फत् आफ्ना गतिविधिबारे फ्लोअरलाई जानकारी दिने गरेका छन्। तर, उनीहरू आफ्ना गतिविधिबारे जानकारी दिन मात्रै सामाजिक सञ्जाल चलाउँदैनन्। यसबाट उनीहरू राम्रो कमाई पनि गर्छन्। 

अमेरिकी स्पोर्टस एवम् स्पोर्टस कल्चर वेभसाइट ‘ब्लेचर पोस्ट’ले हालसालै सार्वजनिक गरेको एक अध्ययन अनुसार ट्विटरबाट सबैभन्दा धेरै कमाउने खेलाडी हुन्, पाेर्चुगलका क्रिस्टियानो रोनाल्डो ।

इटालियन लिगमा युभेन्ट्स खेल्ने रोनाल्डोले प्रतिट्विट आठ लाख ६८ हजार ६ सय दुई अमेरिकन डलर कमाइ गर्छन्। उनको ट्वीटर ह्यान्डलमा ८३.७ मिलियन फ्लोअर छन्।

उनको विश्वका प्रतिष्ठित ब्रान्डहरूसँँग डिल भएको छ, जसमा नाइक, डिएएनजेर हर्वलाइफलगायत छन्। यही साझेदारीसँगै उनले ट्विटरबाट आम्दानी गर्ने गरेका हुन्।

ट्विटरबाट धेरै आम्दानी गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्, बार्सिलोनाका पूर्वखेलाडी आन्द्रेस इन्स्टिा। हाल जापानिज लिग खेलिरहेका उनी प्रतिट्विट पाँच लाख ९० हजार एक सय ३८ अमेरिकन डलर कमाइ गरिरहेका छन्।

त्यस्तै, यो सूचीमा तेस्रो स्थानमा पिएसजीका फुटबल खेलाडी नेयमार छन्। उनले प्रतिट्विट चार लाख ७८ हजार एक सय ३८ अमेरिकन डलर कमाइ गर्छन्।

छिमेकी मुलुक भारतका क्रिकेटर विराट कोहली पनि धेरै कमाइ गर्ने खेलाडीका पाँचौ नम्बरमा पर्न सफल भएका छन्। उनले प्रतिट्विट तीन लाख ५० हजार अमेरिकी डलर (अढाइ करोड भारतीय रूपैयाँ)आम्दानी गर्ने गरेका छन्।

आफूले सम्झौता गरेको ब्रान्डको विज्ञापन ट्विट गरेर खेलाडीहरूले ट्विटरबाट आम्दानी गर्छन्।

प्रकाशित: Feb 24, 2020| 13:59 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।