प्रहरीले काठमाडौंको स्वयम्भूबाट बहुमूल्य धातुसहित पाँच जनालाई पक्राउ गरेको छ। स्वयम्भू भगवानपाउबाट सुन, हिरा, निलम, रुबीलगायतका धातुसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
ठमेल क्षेत्रलाई लक्षित गरेर सञ्चालित करिब तीन सय रिक्सा छन्। सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउनले गर्दा यी सबै मारमा परेका छन्।
प्रदेश २ सरकारले खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। रक्सी खाएर मृत्यु भएका परिवारलाई भने तीनतीन लाख दिएको छ।
विश्लेषकहरुका अनुसार ओलीले सत्तामा टिकिराख्न तीन विकल्प प्रयोग गर्न सक्छन्। पहिलो, पार्टीका नेताहरुसँग मिलेर मिलाएर नै अघि बढ्ने। दोस्रो, पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याएर पार्टी फुटाउने र अरु दलसँग...