बैंकिङ कसुरमा सजाय सुनाइएका दुई फरार अभियुक्त पक्राउपक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–७ का ४४ वर्षीय राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ पैयुँटारका ४४ वर्षीय प्रकाश बुढाथोकी रहेका छन्।
ज्यापुलाई भक्तपुर ठिमीबाट र बुढाथोकीलाई कपनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
ज्यापुलाई उच्च अदालत पाटनको २०७६ भदौ २ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ११ लाख ५० हजार रुपैयाँ जरिवाना र तीन दिन कैद तथा बुढाथोकीलाई सोही अदालतको २०७६ माघ २४ गतेको फैसलाले १० लाख ५० हजार रुपैयाँ जरिवाना र सात दिन कैद सजायको फैसला सुनाएको थियो।
उनीहरुले खातामा रकम नभएको जानेर नै भुक्तानीको लागि चेक काटेको र उक्त चेक बाउन्स भएको अनुसन्धनाबाट खुलेको प्रहरीले जनाएको छ।
दुवै जनालाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको उक्त व्यूरोले जनाएको छ।
