सुर्खेत- दैलेखमा आज ९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।
पशु अस्पताल, दैलेखको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो। नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नम्बर १ मा पाँचजना पुरुष र एकजना महिला गरी ६ जना छन्।
सोही नगरपालिकाको वडा नम्बर २ र १० तथा गुंगेश्वर गाउँपालिका वडा नम्बर २ का एक एक जना पुरुष छन्।
स्वास्थ्य कार्यालय, दैलेखका कोरोना फोकलपर्सन थीरप्रसाद रेग्मीका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।
योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ७८० पुगेको छ।
दैलेखमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएका रिपोर्ट झन्डै एक सातापछि आज रिपोर्ट सार्वजनिक गरिएको हो। दैलेखमा परीक्षण गरिएको पीसीआर रिपोर्ट भेरी अञ्चल अस्पताल, नेपालगञ्जले रि–चेक गरेपछि मात्रै रिपोर्ट सार्वजनिक गरिएको हो।
