मंगलबार, भदौ ९, २०८३

रुपन्देहीमा झुपडीमा टिनको छानो

पूर्व कृषिमन्त्री तथा वर्तमान कृषि मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा गरिबको घरको छानो परिवर्तन गर्ने अभियान थाल्ने भएका छन्।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

पूर्व कृषिमन्त्री तथा वर्तमान कृषि मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा गरिबको घरको छानो परिवर्तन गर्ने अभियान थाल्ने भएका छन्।

रुपन्देही क्षेत्र नम्बर ३ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाल र क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने पूर्व कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माले निर्वाचन क्षेत्रका घरको छानो स्तरोन्नति गर्ने गरी सुरक्षित नागरिक आवास कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।

रुपन्देहीको क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ मा फुस र खपडाको छानो भएको घरको स्तरोन्नति गरेर सबै घरमा टिनको छानो लगाउने कार्यक्रम आउने भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा क्षेत्र नम्बर १ मा ६ सय ९६ र क्षेत्र नम्बर ३ मा ८२७ घरको छानोलाई टिनको छानोका रुपमा रुपान्तरण गर्न थालिएको हो ।

आगामी आर्थिक वर्ष २०७७–०७८ मा जिल्लाको सिद्धार्थनगर नगरपालिकाको १४६ घर, शुद्धोधन गाउपालिकाको १५६ घर, बुटवल उपमहानगरपालिकाको ८५ घर, तिलोत्तमा नगरको १०७ घरको छानो परिवर्तन हुने भएको छ । यसैगरी मन्त्री भुसालले सियारी गाउँपालिकामा १३० घर, मायादेवी गाउँपालिकामा १०० घर र ओमसतिया गाउँपालिकामा १०३ घरको छानो परिवर्तन गर्ने कार्यक्रम ल्याएका हुन् ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट संघीय सभामा प्रतिनिधित्व गर्ने सांसद भुसालले सुरक्षित नागरिक आवास कार्यक्रम अनुसार वर्षौंदेखि फुसको वा खपडाको घरमा बसिरहेकाहरुको पहिचान गरी घरको छानो परिवर्तनमा सहयोग गर्न थालेको मन्त्रीका स्वकीय सचिव मनोज रिजालले बताए ।

यसैगरी क्षेत्र नम्बर १ को देवदह नगरपालिकामा २०१ घर धुरी, तिलोत्तमा नगरपालिकामा १७२ ओमसतिया गाउँपालिकामा १५१ र रोहिणी गाउँपालिकामा १७२ घरको छानो टिनको छानोले छाउने कार्यक्रम रहेको यम रानाले बताए ।

सहरी तथा भवन डिभिजन कार्यलयको प्रत्यक्ष निगरानीमा सम्पन्न हुने उक्त कार्यक्रम अनुसार फुसको छानो, खरको छानो तथा खपडाले छाएको छानो मुक्त बनाउनेगरी कार्यक्रम सञ्चालन गरिने शहरी तथा भवन डिभिजन कार्यलयका प्रमुख इन्जिनियर राजेन्द्र पाण्डेले बताए ।

विकसित जिल्लाको रुपमा परिचित भए पनि रुपन्देहीको केही सहरी क्षेत्र र ग्रामीण क्षेत्रमा अहिले पनि फुसको, खपडाले छाएका छाना भएका घरहरु छन् ।

 

प्रकाशित: Jul 03, 2020| 11:58 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।