शनिबार, असोज २४, २०८३

सैपाल ग्यासको बिक्री सुरु

सुदूरश्चिममा ग्यास उत्पादन गर्ने दोस्रो कम्पनी सञ्चालनमा आएको छ। सैपाल ग्यास नामक कम्पनीले बिहीबारबाट बजारमा ग्यास वितरण सुरु गरेको हो।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

सुदूरश्चिममा ग्यास उत्पादन गर्ने दोस्रो कम्पनी सञ्चालनमा आएको छ। सैपाल ग्यास नामक कम्पनीले बिहीबारबाट बजारमा ग्यास वितरण सुरु गरेको हो।

एभरेष्ट ग्रुपले सैपाल ग्यास उद्योगमार्फत् उत्पादित ग्यास वितरण गर्न सुरु गरेको जनाएको हो। कैलालीको गोदावरी नगरपालिका–१ मा करिब ३० करोडको लगानीमा ४३ कट्टा जग्गामा उद्योग संचालनमा आएको छ।

सैपाल ग्यासले प्रत्येक दिन १० हजार सिलिण्डर उत्पादन गर्न सक्ने ग्यास उद्योगका संचालक शिवप्रसाद घिमिरेले बताए। घिमिरेले कैलाली र कञ्चनपुरका ४० वटा डिलरमार्फत् ग्यास बजारमा पठाएको जानकारी दिए।

काठमाडौं उपत्यकामा समेत गरी ६ वटा ग्यास उद्योग रहेको एभरेष्ट ग्रुपले सैपाल ग्यासका लागि आयल निगमबाट करिब तीन महिनाअघि मात्रै सञ्चालन स्वीकृति पाएको अध्यक्ष घिमिरेले बताए। एभरेष्ट ग्रुपका ग्यास उद्योगको संख्या ७ पुगेको अध्यक्ष घिमिरेले बताए।

सैपाल ग्यास कम्पनीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित पाँच जनाको लगानी थियो। उद्योग सञ्चालनमा नआउँदै उनीहरुले एभरेष्टलाई आफ्नो कम्पनी बेचेका थिए।

प्रकाशित: Jul 03, 2020| 12:07 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्