मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित

अमेरिकामा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै ५३ हजार संक्रमित

विश्वमा सबैभन्दा बढी कोभिड १९ का संक्रमित रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

वासिङटन- विश्वमा सबैभन्दा बढी कोभिड १९ का संक्रमित रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन्।
अमेरिकी पत्रिका वासिङटन पोस्टका अनुसार अमेरिकामा एकै दिन यतिधेरै संक्रमित थपिएको यो नै पहिलो हो।

बिहीबार फ्लोरिडा राज्यमा मात्र १० हजार १०९ जना नयाँ संक्रमित देखिएका छन्।

अमेरिकामा एकै राज्यमा यति धेरै संक्रमित फ्लोरिडामा देखिएका छन्।

जोन हप्किन्स युनिभर्सिटीले बिहीबारको तथ्यांकमा जनाएअनुसार यहाँ २७ लाख ३२ हजार ६३९ जना संक्रमित पुगेका छन्।

 संक्रमणबाट यहाँ १ लाख २८ हजार ६४३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Jul 03, 2020| 13:15 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।