मंगलबार, भदौ ९, २०८३

प्रदेश १ बाट २४ हजार भारत गए, १५ हजार आए

विराटनगर– प्रदेश १ बाट लकडाउनको अवधिमा २४ हजार भारत गएका छन् ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

विराटनगर– प्रदेश १ बाट लकडाउनको अवधिमा २४ हजार भारत गएका छन् ।

प्रदेश १ का ४ वटा जिल्लाबाट विहिबारसम्म २४ हजार ८ सय १४ जना भारत गएका छन् । जसमा झापाबाट १९ हजार ९ सय ८१, मोरङबाट ४ हजार ७ सय २१, सुनसरीबाट १ सय १० र इलामबाट २ जना रहेका छन् । सो अवधिमा भारतबाट १५ हजार ७ सय नेपाल प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा झापाबाट ९ हजार २ सय १७, मोरंगबाट ४ हजार २ सय २३, सुनसरीबाट १ हजार ८ सय ५४ र इलामबाट ४ सय ५३ गरि १५ हजार ७ सय ४७ नेपाल प्रवेश गरेका छन् । नेपाल प्रवेश गरेका मध्ये ११ हजार ७ सय ४६ प्रदेश १ का र ४ हजार १ अन्य प्रदेशका रहेका छन् ।

शुक्रबार प्रदेश १ सरकारले कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचार संवन्धि हाल सम्म भएका कार्यहरुको सार्वजनिकीकरण गर्दै सो जानकारी दिएको हो । वैशाख ३० गते प्रदेश १ को संकट व्यवस्थापन केन्द्र ( सीसीएसी) बैठकले लकडाउनमा २५ हजार नेपाली भारतबाट आउने आँकलन गरेको थियो ।

होल्डिङ एरियामा ५११ जना

भारत लगायतका विभिन्न देशहरुबाट आउने व्यक्तिहरुलाई राख्नका लागि प्रदेश १ सरकारले २४ स्थानमा होल्डिङ एरिया निर्माण गरिएको छ । झापामा १९, सुनसरी र इलाममा २–२ र मोरंगमा एउटा रहेको छ । २४ वटा होल्डिङ एरियामा २ हजार ९ सय ७२ वेड तयार गरिएको छ ।

प्रदेश सरकारका अनुसार अहिले सम्म १ सय ६० महिला र ३ सय ५१ पुरुष होल्डिङ एरियामा रहेका छन् । प्रदेश १ का क्वारेन्टिनमा २ हजार ३ सय ४९ र होम क्वारेन्टिनमा ३ हजार १ सय ७२ जना रहेका छन् ।

कोरोना कोषमा ३३ करोड ५४ लाख

प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सञ्चालन गरेको जनसुरक्षा कोषमा ३३ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ । कोषमा जम्मा भएको रकम मध्ये २५ करोड प्रदेश सरकारबाट र अन्य विभिन्न क्षेत्रबाट संकलन भएको प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईले बताए । कोषमा जम्मा भएको रकममध्ये २७ करोड ३३ लाख ८९ हजार खर्च भएको उनले बताए ।

संक्रमितको उपचार ४ स्थानबाट

प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ र कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट गर्ने गरिएको जनाएको छ । संक्रमितको उपचारका लागि ३ सय ५३ वेड क्षमता रहेको छ । अहिले २ सय १५ जना उपचाररत रहेका छन् ।

२५ हजारको नमूना संकलन

प्रदेश १ मा २५ हजार बढीको स्वाव संकलन गरिएको छ । विहिबार सम्म २५ हजार ३ सय ४० जनाको स्वाव संकलन गरिएको मध्ये ६ सय १६ को कोरोना रिपोर्ट पोजेटिभ र २३ हजार ९ सय ७० को नेगेटिभ रिपोर्ट आएको बताईएको छ ।

स्वाव संकलन गरिएका मध्ये ७ सय ५५ को रिपोर्ट आउन बाँकी रहेको पत्रकार सम्मेलनमा बताईयो । प्रदेश १ मा पीसीआर परीक्षणका लागि ६ सय क्षमताका तीनवटा ल्याव रहेका छन् ।

प्रदेश १ मा आत्तिनुपर्ने अवस्था छैनः मुख्यमन्त्री राई

मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले व्यवस्थित रुपमा काम गरिरहेको बताए । अहिले सम्मको अवस्थामा आत्तिनु पर्ने विचलित हुनुपर्ने अवस्था नभएको उनले बताए ।
प्रदेश सरकार व्यवस्थित ढंगले अघि बढेको उनले बताए ।

सीमाहरुमा सुरक्षा फौजलाई लकडाउन लगत्तै देखि केन्द्रित गरिएको मुख्यमन्त्री राईले बताए । समुदायमा संक्रमण हुनबाट अहिले रोक्न सकिएको उनले बताए ।

 

 

प्रकाशित: Jul 03, 2020| 14:34 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।