मंगलबार, भदौ ९, २०८३

बहुमूल्य धातुसहित पाँच जना पक्राउ

प्रहरीले काठमाडौंको स्वयम्भूबाट बहुमूल्य धातुसहित पाँच जनालाई पक्राउ गरेको छ। स्वयम्भू भगवानपाउबाट सुन, हिरा, निलम, रुबीलगायतका धातुसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

प्रहरीले काठमाडौंको स्वयम्भूबाट बहुमूल्य धातुसहित पाँच जनालाई पक्राउ गरेको छ। स्वयम्भू भगवानपाउबाट सुन, हिरा, निलम, रुबीलगायतका धातुसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुन जस्तो देखिने पहेलो रंगको धातुमा हिरा जस्तो देखिने पत्थर ठूलो एक थान, सानो पत्थर १९ थान, निलम जस्तो देखिने पत्थर १३ थान, पन्ना जस्तो देखिने पत्थर १९ थान र रुबी जस्तो देखिने पत्थर २२ थान सहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–३ धापासी बस्ने सुनसरी धरान महानगररपालिका–१६ घर भएका ३९ वर्षीय बिक्रम सिंह चौधरी र टोखा नगरपालिका–१० बस्ने गोरखा धार्चे गाउँपालिका–६ घर भएका २३ वर्षीय सुरेश घले छन्।

बहुमुल्य धातु हिराको कारोबार भैरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बा.७७ प ८५८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त धातु सहित फेला पारेको हो।

यस्तै मुगा जस्तो देखिने मालासहित स्वयम्भूबाट नै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–९ गोंगबु बस्ने पर्वत मोदी गाउँपालिका–१ घर भएका ४० वर्षीय धनिराम पुन, टोखा नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–९ घर भएका ३२ वर्षीय दिपेन्द्र थापा र टोखा नगरपालिक–११ बस्ने कन्चनपुर भिमदत्त नगरपालिका–१९ घर भएका २९ वर्षीय राम बहादुर सिंह रहेका छन्।

उनीहरुको साथबाट ५७.१७ ग्राम बराबरको मुगा जस्तो देखिने सात पिस माला बरामद गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 03, 2020| 13:47 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।