मंगलबार, भदौ ९, २०८३

रामबहादुर बम्जनविरुद्ध यौन दुराचारको मुद्दा दर्ता

बालिका बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध यौन दुराचारको मुद्दा दर्ता भएको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

काठमाडौं- बालिका बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध यौन दुराचारको मुद्दा दर्ता भएको छ।

धर्मको नाममा बालिकामाथि बलात्कारको आरोप लागेका बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा यौन दुराचारको मुद्दा दर्ता भएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीले बम्जनविरुद्ध मुद्दा दायर गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए।

पौडेलका अनुसार बम्जनविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर भएको छ।

सरकारी वकिल कार्यालयले बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको कैद सजाय माग गरेको छ।

यस्तै बलात्कार घटनामा मतियारको रुपमा रहेका ज्ञानकुमार बम्जन र जेबी गुरुङलाई पनि आधा सजाय माग दाबी गर्दै मुद्दा दायर भएको पौडेलले जानकारी दिए।

आश्रममा बसेकी १५ वर्षीया अनुयायीलाई २०७३ साउन ३० गते बलात्कार गरेको बम्जनमाथि आरोप लागेको थियो।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीले तयार पारेका रायसहितको अनुसन्धान प्रतिवेदनमा बम्जनले धाक, धम्की दिएर प्रभावमा पारी बलात्कार गरेको देखिएको उल्लेख छ।

बम्जनको आश्रमबाट सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता भएको प्रहरीमा उजुरी परेको छ।

यसअघि बम्जनलाई पक्राउ गर्न प्रहरीले सिन्धुलीस्थित आश्रममा तीन पटक छापा मारे पनि उनी पक्राउ पर्न सकेका छैनन्।

प्रकाशित: Jul 03, 2020| 14:30 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।