शुक्रबार, फागुन २९, २०८२

म्यानमारको खानीमा पहिरो, १६२ जनाको मृत्यु

म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १६२ पुगेको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

म्यानमारको काचिन राज्यको पाकन्ट क्षेत्रमा रहेको एक खानीमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या १६२ पुगेको छ।

National life

म्यानमारको सूचना मन्त्रालयले दिएको जानकारीअनुसार कचिन राज्यको पाकन्ट क्षेत्रस्थित बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका व्यक्तिहरु पुरिएका थिए। स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएकोे थियो।

पहिरो आएको समयमा सो खानीमा ठूलो संख्याका कामदारहरुले काम गरिरहेका थिए । कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरो आएकोले उनीहरुलाई पुरेको आशङ्का गरिएको छ ।

सूचना मन्त्रालयले अहिले पनि सो क्षेत्रमा उद्धारको कार्य जारी नै रहेको बताएको छ । उद्धारकर्मीहरुले सो स्थलमा अरु पनि व्यक्तिहरु पुरिएको हुनसक्ने जनाएका छन् । घाइते भएका ५४ जनालाई अस्पताल लगिएको छ । पहिरोमा परेर हराइरहेका व्यक्तिको संख्या खुलाइएको छैन ।

केही दिन यतादेखि सो क्षेत्रमा अविरल वर्षा भइरहेको छ । वर्षापछि आएको पहिरोमा सो गाउँका वासिन्दा पनि परेको अनुमान गरिएको छ । त्यस स्थानमा पहिरोमा परी कति जना मानिस पुरिएका छन् भन्ने बारेमा अझै पनि यकिन नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Laxmi sunrise bank
kumari

जेडको प्रमुख स्रोत मानिने म्यानमारमा बहुमूल्य रत्न ’जेड’ खोज्न गएका बेला बर्षेनी दर्जनौको मृत्यु हुने गरेको छ । अधिकारीहरुले सन् २०१६ को नोभेम्बरमा पनि उक्त क्षेत्रमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको बताएका छन् ।

म्यान्मारका खानीमा गत वर्ष भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।

रासस

प्रकाशित: Jul 03, 2020| 14:53 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।