मंगलबार, भदौ ९, २०८३

कर्णालीमा कोरोना प्रतिकार्यको सात करोड बजेट फ्रिज

कर्णाली प्रदेशमा कोरोना प्रतिकार्यका लागि छुट्याएको सात करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

कर्णाली प्रदेशमा कोरोना प्रतिकार्यका लागि छुट्याएको सात करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।

सामाजिक विकास मन्त्रालयले कोरोना प्रतिकार्यका लागि चालु आर्थिक वर्षमा छुट्याएको १६ करोड २५ लाख बजेटमध्ये झण्डै ४५ प्रतिशत अर्थात् सात करोड २५ लाख ५१ हजार आठ सय रुपैयाँ फ्रिज भएको हो ।

मन्त्रालयका अनुसार कोरोना विशेष अस्पतालका रुपमा रहेको प्रदेश अस्पतालको सबैभन्दा धेरै अर्थात् तीन करोड ६७ लाख २० हजार रुपैयाँ फ्रिज भएको छ । सरकारले अस्पतालाई चार करोड ६२ लाख रुपैयाँ कोरोना प्रतिकार्यका लागि उपलब्ध गराएको थियो ।

जसमध्ये अस्पतालले २१ प्रतिशत अर्थात् ९४ लाख ८० हजार रुपैयाँ मात्रै खर्च भएको छ । प्रदेश अस्पताल कर्णाली प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल समेत हो ।

तर प्रदेशका अन्य दुई वटा कोरोना विशेष अस्पतालले भने शतप्रतिशत बजेट खर्च गरेका छन् । कोरोना अस्पतालका रुपमा तोकिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुम पश्चिमले शतप्रतिशत बजेट खर्च गरेका ह्न् । प्रदेशले प्रतिष्ठानका लागि एक करोड ७५ लाख र चौरजहारीका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

त्यस्तै स्वास्थ्य सेवा निर्देशनालयको एक करोड ७० लाखमध्ये ९१ लाख ६६ हजार र सामाजिक विकास मन्त्रालयको १२ लाख ५० हजार रुपैयाँ फ्रिज गएको छ । निर्देशनालयलले कुल बजेटमध्ये ४६ प्रतिशत अर्थात ७८ लाख ३४ हजार मात्रै खर्च गरेको छ भने मन्त्रालयको एक रुपैयाँ खर्च भएको छैन ।

त्यस्तै जनस्वास्थ्य कार्यालय सुर्खेतको ६९ लाखमध्ये १८ लाख ३१ हजार, जनस्वास्थ्य कार्यालय सल्यानको ४१ लाखमध्ये ३५ लाख ३० हजार आठसय, जनस्वास्थ्य कार्यालय रुकुमपश्चिमको २७ लाखमध्ये पाँच लाख, जनस्वास्थ्य कार्यालय जाजरकोटको एक करोड २८ लाख १ करोड ४५ हजार ३० हजार, जनस्वास्थ्य कार्यालय दैलेखको एक करोड २९ लाख ५० हजारमध्ये नौं लाख ९१ हजार, जनस्वास्थ्य कार्यालय कालिकोटको एक करोड २५ लाखमध्ये ९० लाख ७६ हजार, जनस्वास्थ्य कार्यालय जुम्लाको १५ लाखमध्ये तीन लाख ५४ हजार, जनस्वास्थ्य कार्यालय डोल्पाको २५ लाखमध्ये तीन लाख ३१ हजार र मेहलकुना अस्पताल सुर्खेतको ४२ लाखमध्ये ११ लाख रुपैयाँ फ्रिज गएको छ ।

त्यस्तै जनस्वास्थ्य कार्यालय हुम्ला, मुगु र प्रदेश आयुर्वेद अस्पतालले भने शतप्रतिशत बजेट खर्च गरेका छन् । सरकारले मुगुका लागि २७ लाख, हुम्लाका लागि २५ लाख र प्रदेश आयुर्वेद अस्पतालका लागि दुई लाख रुपैयाँ कोरोना प्रतिकार्यका लागि उपलब्ध गराएको थियो ।

सामाजिक विकास मन्त्रालयलका अनुसार स्वास्थ्य सामग्री खरिदमा चार करोड ८९ लाख ५४ हजार, औषधि खरिदमा ६८ लाख ३१ हजार, पूर्वाधार निर्माणमा दुई करोड १८ लाख ८७ हजार, जनशक्ति व्यवस्थापनमा ५३ लाख ४५ हजार, प्रबर्धनात्मक कार्यमा १४ लाख ३४ हजार र प्रशासनिक, खाना, खाजा र हेल्थ डेष्क स्थापनमा ५४ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ ।

प्रकाशित: Jul 03, 2020| 12:14 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।