विराटनगर–कोरोना संक्रमितको उपचारका लागि विराटनगरमा निजी क्षेत्रको सक्रियतामा अक्सिजनसहितको एक सय बेडको नागरिक केयर सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ।
नेपाल–भारत सीमाबारे विवादित अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण रोक्न भन्दै सोमबार पोखरामा संयुक्त देशभक्त मोर्चाले धर्ना दिएको छ।
कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन महत्त्वपूर्ण भएको विश्लेषकको भनाइ छ।