शुक्रबार, फागुन २९, २०८२

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

अहिलेसम्म मानवीय क्षतिको पूर्ण विवरण प्राप्त नभएको र उद्धार जारी नै रहेको पनि बताइएको छ।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

National life

भूकम्पको सम्पूर्ण क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन । अहिलेसम्म मानवीय क्षतिको पूर्ण विवरण प्राप्त नभएको र उद्धार जारी नै रहेको पनि बताइएको छ।

टर्कीको इज्मिर सहरमा शुक्रबार ६‍.६ म्याग्निच्युडको भूकम्प गएको थियो।  उक्त सहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ।

भूकम्पबाट ९६२ जना नागरिक घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ।

विभागका अनुसार घाइतेमध्ये २१९ जना उपचाररत छन् भने अरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Laxmi sunrise bank
kumari

भूकम्पपछि एक हजारभन्दा बढी पराकम्प महसुस गरिएको थियो। तीमध्ये ४३ परकम्पहरु ४ म्याग्निच्युडका भन्दा माथिकै रहेका र स्थानीय बासिन्दाले महसुश गरेका जानकारी दिएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले  खोजी तथा उद्धार कार्य भइरहेको बताएका छन्।  रासस/एएनआई 
–––

प्रकाशित: Nov 02, 2020| 07:10 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।