शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गर्न सांसद खगेन्द्र सुनारको माग

प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गर्न सांसद खगेन्द्र सुनारको माग

 |  शुक्रबार, भदौ २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०८३

काठमाडौं- काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार र सार्बजनिक लेखा समितिमा भ्रष्टाचारको उजुरी परेको भन्दै सरकारले किन बचाएको छ भन्दै प्रश्न गरेका हुन्।

उनले भनेका छन्- सामान्य आरोपको भरमा तीन जना मन्त्री बर्खास्तमा पर्नुभएको छ। तर करोडौं करोड भ्रष्ट्राचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलगायत र उनको श्रीमती लगायतको ठुलो अधिकारी माथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीदेखि अख्तियारदेखि सार्बजनिक लेखा समितिमा उजुरीको चाङमाथि चाङ खापिदै गएको छ। तल्लो दर्जाका प्रहरीहरुको जुत्ता मोजा खाइदिएको आरोप उनलाई लागेको छ।'

सांसद सुनारले सरकार उनलाई बर्खास्त किन गरेको छैन भन्ने प्रश्न गर्दै भने- 'उनीमाथि छानबिन किन भैरहेको छैन, के कारणले उनलाई बचाइराखिएको छ, यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।'

प्रकाशित: Sep 11, 2026| 14:44 शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्