काठमाडौं- चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा विद्युतीय (इभी) कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा आगलागी भएको थियो।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र पुरुषजस्तो देखिने एक व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
मृतकको सनाखत हुन नसकेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।