सोमबार, भदौ १५, २०८३

२६ फरार प्रतिवादी एकै दिन पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार २६ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं– जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार २६ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २ चैत २०७६ को फैसलाले सात दिन कैद र ६ लाख ६७ हजार रुपैयाँ ठहर भई फरार रहेका म्याग्दे गाउँपालिका–३ बस्ने ३१ वर्षीय अमृत भट्टराई, साधारण चोरी मुद्दामा जिल्ला अदालत तनहुँको ८ असार २०७६ को फैसलाले दुई वर्ष दुई दिन कैद र २२ हजार पाँच सय रुपैयाँ जरिबना सजाय भई फरार रहेका शुक्लागण्डकी नगरपालिका–३ बस्ने सन्तोष खंग र सोही नगरपालिका–९ बस्ने माइकल भनिने सन्तोष गौतम छन्।

त्यस्तै जारी मुद्दामा जिल्ला अदालत तनहुँको ७ मंसिर २०७१ को फैसलाले एकएक महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भएका भानु नगरपालिका–६ बस्ने विमल थापामगर र उनकै पत्नी सञ्जु थापा मगर छन्।

पक्राउ पर्ने अन्यमा लागूऔषध मुद्दामा फरार एक जना, गाली बेइज्जती मुद्दामा फरार दुई जना, जारी मुद्दामा फरार दुई जना, नाता कायम मुद्दामा एक जना, करकाप मुद्दामा फरार आठ जना छन्। 

प्रहरीले लिखत बइज्जती मुद्दामा फरार ६ जना, सम्बन्धविच्छेद मुद्दामा फरार एक जना गरी २६ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई तोकिएको जरिवाना तथा कैद भुक्तानका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

प्रकाशित: Nov 02, 2020| 09:10 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।