मंगलबार, साउन १२, २०८३

फिलिपिन्समा गोनी आँधीले ९० प्रतिशत संरचना नष्ट

फिलिपिन्समा आएको शक्तिशाली गोनी आँधीले ९० प्रतिशत संरचनामा क्षति पुर्‍याएको छ।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

एजेन्सी- फिलिपिन्समा आएको शक्तिशाली गोनी आँधीले ९० प्रतिशत संरचनामा क्षति पुर्‍याएको छ।

फिलिपिन्सको रेडक्रस सोसाइटीका अध्यक्ष डिक गोर्डोनले आँधीले सबैभन्दा पहिले प्रभावित बनाएको विराक सहरमा ९० प्रतिशतभन्दा बढी संरचना नष्ट गरेको छ।

त्यहाँ ७० हजार मानिसका घर गोनी आँधीले पूर्णरुपमा नष्ट गरेको छ।

काटान्डुआनेस आइल्याण्डमा आइतबार उत्पन्न भएको आँधीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। गोनी आँधी अहिले कमजोर हुँदै गएको अधिकारीहरुले जनाएका छन्।

त्यहाँका नागरिक सुरक्षा अधिकारीहरुको अनुमानअनुसार आँधीबाट झण्डै ३ लाख ७० हजार मानिस विस्थापित भएका छन्।

साथै दसौं हजार घर नष्ट भएका छन्। तर राजधानी मनिलामा ठूलो क्षति हुन नपाएको जनाइएको छ।

फिलिपिन्समा रोली नामबाट चिनिएको गोनी आँधी सन् २०१३ मा आएको हाइयान आँधीपछिको शक्तिशाली आँधी हो। हाइयान आँधीका कारण ६ हजार मानिसको मृत्यु भएको थियो। बीबीसी

प्रकाशित: Nov 02, 2020| 09:17 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।