काठमाडौं– प्रहरीले बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा बानेश्वर बस्ने कैलाली टीकापुरका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले एटीएम फोड्दै गरेको अवस्थामा फेला पारेको थियो। किशोरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।