सोमबार, भदौ १५, २०८३

सेयर बजारमा ३.३३ अंकको गिरावट, २ अर्ब ४५ करोड कारोबार 

सोमबार सेयर बजार परिसूक (नेप्से) ३.३३ अंकले ओरालो लागेको छ। 
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूक (नेप्से) ३.३३ अंकले ओरालो लागेको छ। 

ओरालो लागेको बजार १६३७.६३ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स पनि १.१७ अंकले घटेर ३२५.४६ अंकमा पुगेको छ। 

आज १९७ कम्पनीको ६९ लाख ३७ हजार सेयर खरिदबिक्री हुँदा २ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बैंकिङ समूहको उपसूचक ११.६२, विकास बैंक ०.३, अन्य ३.२९ र जीवन बिमा समूहको उपसूचक ९.४ अंकले घटेको छ। 

व्यापार समूहको उपसूचक ३४.५२, होटल ९.३३, जलविद्युत् ०.५४, फाइनान्स ३.९६, निर्जिवन बिमा २७.२५, उत्पादन ३.८८, माइक्रोफाइनान्स ६२.३ र म्युचुअल फण्ड ०.०१ अंकले उकालो लागेको छ। 

आज विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने छिमेकी लघुवित्त विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। 
 

प्रकाशित: Nov 02, 2020| 09:29 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्