शुक्रबार, चैत ६, २०८२

कोरोना संक्रमणबाट मोरङमा थप तीनजनाको  मृत्यु 

दुई जनाको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा र उर्लाबारीका एक जनाको आइसोलेसनमा मृत्यु भएको हो। 
 |  सोमबार, कात्तिक १७, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, कात्तिक १७, २०७७

विराटनगर– कोरोना संक्रमणबाट मोरंगमा थप तीन जनाको मृत्यु भएको छ। 

National life

दुई जनाको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा र उर्लाबारीका एक जनाको आइसोलेसनमा मृत्यु भएको हो। 

विराटनगर–६ का ८३ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। 

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार वृद्धको मृत्यु बिहान ९ः४० बजेतिर भएको हो। 

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। 

Laxmi sunrise bank
kumari

उर्लाबारी नगरपालिका–६ का ५४ वर्षीय संक्रमित पुरुषको पनि नोबेलमै मृत्यु भएको छ। 

दाहालका अनुसार बिहान ९ः३० बजेतिर उनको मृत्यु भएको हो। 

कात्तिक ४ गते कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको उनको भनाइ छ। 

उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ। 

पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई होम आइसोलेसनमै राखिएको थियो। 

स्वास्थ्यमा समस्या थपिँदै गए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै पुरुषको मृत्यु भएको वडा अध्यक्ष वीरबल थापाले जानकारी दिए। 
उनका अनुसार पुरुषको बिहान ९ बजेतिर मृत्यु भएको हो।
 

प्रकाशित: Nov 02, 2020| 07:40 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।