सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वसमूहको आधारमा समीकरण बनाएर खेल्न खोज्दा पार्टी फुट्न लाग्यो : ईश्वर पोखरेल

पूर्वसमूहको आधारमा समीकरण बनाएर खेल्न खोज्दा पार्टी फुट्न लाग्यो : ईश्वर पोखरेल

एकताका बेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं– नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा पूर्वसमूहको समीकरण बनाएर खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन्। 

तत्कालीन माओवादी केन्द्रले अहिले आएर उतिबेलाको समीकरणअनुसार खेल्न खोजेको उनको आशय छ।  

‘एकताका बेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो,’  पोखरेलले सोमबार ट्विटरमा लेखेका छन्।

दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिन्नुपर्ने र खबरदारी गर्नुपर्ने उनको भनाइ छ। 

उनले व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाउन आह्वान पनि गरेका छन्।

प्रकाशित: Nov 02, 2020| 09:25 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।