काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाको उपचारमा आएका संक्रमितहरुलाई उपचारपूर्व धरौटी रकम नलिने जनाएको छ।
अस्पतालले सूचना जारी गर्दै सोमबारदेखि संक्रमितहरुको उपचारपूर्व धरौटी रकम नलिने घोषणा गरेको हो।
साथै धरौटी नराखेका तथा रकम अभावका कारण कुनै बिरामीलाई उपचार नरोकिएको अस्पतालले जनाएको छ। यसअघि अस्पतालले धरौटी लिने भन्दै सूचना निकालेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमर्जेन्सी अप्रेसन सेन्टरले कात्तिक ३ गतेको पत्रअनुसार नै उपचार खर्च तिर्न सक्ने बिरामीले पैसा तिर्ने र नसक्नेलाई निःशुल्क गर्ने सरकारको नीतिअनुरुप नै सूचना निकालेको अस्पतालले जनाएको छ।
