हामी स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा नै बसेर काम गरिरहेको हुनाले बेला–बेलामा सबैको पालैपालो परीक्षण गर्दै आइरहेका थियौं। अहिले पनि परीक्षण गरिरहेका हुन्छौं।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका ६ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै फ्रेन्च क्लब लियोन च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ। पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न खेलमा सिटीलाई ३–१ गोलअन्तरले हराउँदै लियोन सेमीफाइनलमा पुगेको हो।