सोमबार, असार २९, २०८३

‘बलियो पक्षभन्दा कमजोरीलाई प्राथमिकमा राख्यौं’

खेलको लाइनअपको बारेमा प्रश्न गर्दा उनले भने, ‘हामीले बलियो पक्षलाई भन्दा कमजोर पक्षलाई कभर गर्न खोज्यौँ र उनीहरुको ‘टू–भर्सेज–टू’ नीति बलियो देखियो।’
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

लिस्बन– प्रशिक्षक पेप ग्वार्डिओलाको म्यान्चेस्टर सिटी लगातार तेस्रोपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरियो। अघिल्लो सिजनमा पनि टोटेनहमसँग क्वार्टरफाइनलमै पराजित इंग्लिस क्लब गएरातिको खेलमा फ्रेन्च क्लब लियोनसँग ३–०को हारपछि बाहिरिएको हो।

ग्वार्डिओलालाई इंग्ल्यान्डको सफल प्रशिक्षक मानिन्छ। तर, उनकै प्रशिक्षणमा रहेको टिम २०१८ मा पनि लिभरपुलसँग क्वार्टरफाइनलमा पराजित भएको थियो। यता, गएरातिको खेलबाट युरोपको सबैभन्दा ठूलो प्रतियोगिता जित्ने लक्ष्यमा ग्वार्डिओला क्वार्टरफाइनलबाट तेस्रोपटक असफल बने।

खेलमा सिटीका केभिड डि ब्रुनको बराबरीलगत्तै माउसा डेम्बेलेले दुई गोल गरेपछि लियोनले जित हातमा लियो। यता हार बेहोरेका प्रशिक्षक ग्वार्डिओलाले खेलपछि बलियो पक्षलाई कम प्राथमिकतामा राखेर कमजोर पक्षलाई सुधार गर्ने हुँदा जित निकाल्न नसकेको बताएका छन्।

खेलको लाइनअपको बारेमा प्रश्न गर्दा उनले भने, ‘हामीले बलियो पक्षलाई भन्दा कमजोर पक्षलाई कभर गर्न खोज्यौँ र उनीहरुको ‘टू–भर्सेज–टू’ नीति बलियो देखियो।’

उनले थपे, ‘हामीले सुरुवात राम्रो गरेको हो। सुरुको १५ मिनेटसम्म हामी गोल गर्ने ठाउँको खोजस्मा बितायौँ। पछि, एक गोल गर्यौं तर अरु धेरै सुटमा गल्ती भयो। यस्तो अवस्थामा हामीले बराबरी गरेर अन्तिम समयका लागि पर्खिनु पर्ने हुन्छ। त्यतिबेला नै अर्को गोलको सामना गर्नुपर्यो।’

खेलमा रहिम स्टार्लिङले लियोनको पोस्टअघि गरेको गल्तीलाई पनि ग्वार्डिओलाले सम्झिएका छन्। उनको गर्न नसकेको गोल सिटीलाई महँगो परेको पनि बताए।

ग्वार्डिओलाले अन्तिममा भने, ‘एकदिन हामी यो ग्याप ब्रेक गर्नेर्छौं।’

– बीटी स्पोर्टस्

प्रकाशित: Aug 16, 2020| 11:59 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।