काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मा पहिरोमा पुरिएर हराइरहेका १९ जनाको शव भेटिएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सहितको टोली परिचालन गरेर खोजी कार्य जारी छ।
हालसम्म ७ बालक, ५ बालिका, ४ महिला र ३ पुरुषको शव भेटिएको छ। ३० साउन शुक्रबार बिहान गएको पहिरोले ३९ जना बेपत्ता भएका हुन्। ३७ घर पहिरोले पुरिएका छन्।
३० र ३१ साउनमा नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री ढुवानी गरिएको नेपाली सेनाले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय वासिन्दा लगायत अन्य निकायहरुसँग समन्वय र सहकार्य गरेर नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खटिएको नेपाली सेनाले जनाएको छ ।
