सोमबार, असार २९, २०८३

सिटीलाई हराउँदै लियोन च्याम्पियन्स लिगको सेमीफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै फ्रेन्च क्लब लियोन च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ। पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न खेलमा सिटीलाई ३–१ गोलअन्तरले हराउँदै लियोन सेमीफाइनलमा पुगेको हो।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै फ्रेन्च क्लब लियोन च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ। पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न खेलमा सिटीलाई ३–१ गोलअन्तरले हराउँदै लियोन सेमीफाइनलमा पुगेको हो।

लियोनको जितका लागि मोउसुवा डेम्बेलेले दुई गोल गरे भने म्याक्सवेल कर्नेटले एक गोल गरे। प्रतिस्पर्धात्मक खेलको २४ औं मिनेटमा कर्नेटले गोल गर्दै लियोनलाई सुरुवाती अग्रता दिलाए। सो अग्रतासँगै पहिलो हाफमा लियोन १–० गोलअन्तरले अघि रह्यो।

दोस्रो हाफमा लियोनले दुई गोल थप्यो। तर, खेलको ६९ औं मिनेटमा सिटीका केभिन डि ब्रुनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। सो बराबरी धेरै समय भने टिक्न सकेन।

७९ औं मिनेटमा डेम्बेलेले गोल गर्दै लियोनलाई फेरि अग्रता दिलाए। उनले नै ८७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लियोनले ३–१ गोल अन्तरका साथ खेल जित्यो।

अब लियोनले सेमीफाइनलमा जर्मन लिगविजेता बायर्न म्युनिखसँग खेल्नेछ। बायर्नले क्वार्टरफाइनलमा स्पेनिस क्लब बार्सिलोनालाई ८–२ गोल अन्तरले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको थियो।

प्रकाशित: Aug 16, 2020| 07:55 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।