विराटनगर– विराटनगर महानगरपालिकामा आइतबार बिहान ४३ जना कोरोना संक्रमित थपिएका छन्।
आइतबार ३० पुरुष र १९ महिलामा संक्रमण पुष्टि भएको महानगरपालिकाले जनाएको छ। साउन २७ र २८ गते स्वाब संकलन गरेर परीक्षण गराइएकामध्ये संक्रमण पुष्टि भएकाहरुमा पाँचदेखि ६३ वर्षसम्मका छन्।
महानगरपालिकाका अनुसार विराटनगर वडा नम्बर २ मा चार, वडा नम्बर ३ मा ६, वडा नम्बर ४ मा तीन, वडा नम्बर ५ मा चार, वडा नम्बर ६ मा सात, वडा नम्बर ८ मा एक र वडा नम्बर ९, ११ र १५ मा ६/६ जना नयाँ संक्रमित थपिएका हुन्।
यससँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।