बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकले गर्‍यो नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले गर्‍यो नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा

 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक 'वी च्याट वालेट'को भुक्तानी सेवा भित्र्याएको छ । 

नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई लक्षित गर्दै 'वी च्याट वालेट'बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको जनाएको छ । 

नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरी वी च्याट वालेटबाट भुक्तानीगर्न सक्ने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले फस्ट पे टेक्नोलोजीसँगको सहकार्यमा वी च्याट वालेट संचालनमा ल्याएको हो ।

बैंकले आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित: Aug 16, 2020| 12:03 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्